शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए । ‘उत्तर पुस्तिका ल्याउनै गाह्रो भयो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ,’ उपसचिव मरहठ्ठाले भने, ‘असोजभित्रमा उत्तर पुस्तिका परीक्षण सकेर असोजमा नतिजा निकालिसक्छौँ भन्ने सोच बनाएका छौं । त्यही अनुसार आयोग लागिपरेको छ ।’
आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मंसिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ । अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिनेछ । त्यस्तै आयोगले निमाविको ढिलोमा मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने र पुसमा अन्तर्वार्ता लिँदै माघमा सिफारिस गर्ने गरी काम अघि बढाइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****