बास धनगढीले फहरायो दसगजामा राष्ट्रिय झण्डा

धनगढीः नेपाल भारतको सीमा क्षेत्र कैलालीको गौरीफन्टा सीमा नाकामा बास धनगढी उपशाखाले नेपालको राष्ट्रिय झण्डा राखेको छ। गत वर्ष बास नेपालले नै राखेको झण्डा च्यातिएपछि शनिबार फेरि चन्द्रसूर्य अंकित नयाँ राष्ट्रिय झण्डा राखेका थियो।

दसगजा क्षेत्रमा राखिएको झण्डा पुरानो भएपछि च्यात्तिएको गुनासो आएको थियो।एक वर्ष अगाडि राखिएको झण्डा च्यात्तिएको र नयाँ राख्नुपर्ने सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको आग्रहपछि बास धनगढी उपशाखाले सो झण्डा परिवर्तन गरेका हुन्।

नेपाली स्वाभिमान उच्च बनाउन राष्ट्रिय झण्डा राखेको बास उपशाखा अध्यक्ष कैलाश साउदले बताए। ‘नेपालको चिनारी राष्ट्रिय झण्डा गत बर्ष हामीले नै राख्न सुरुवात गरेका हौं । पुरानो भएपछि परिवर्तन गरेका छौं।

यो हाम्रो नेपाल हो भन्ने देखाउन पनि राष्ट्रिय झण्डा राखेका हौँ’ उनले भने ‘स्वाभिमानमा प्रश्न उठ्ने भएर हरेक नेपालीलाई गर्व होस् भनेर यो काम गरेका हौँ।’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *