आज भदौ १३ गते सोमबार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

भाद्र १३, २०७९ सोमबार 1173

आज भदौ १३ गते सोमबार , हेर्नुहोस यस्तो छ तपाइको राशिफल

मेष । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ ।

बृष । आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मिथुन । आजको दिन माध्यम नै रहनेछ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । वैदेशिक कार्यमा सफलता पाइएला । साँझमा पैसा खर्च पनि हुन सक्छ ।

कर्कट । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

सिंह । आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ, तर पुँजी बजारमा लगानी नगर्दा बेस हुनेछ ।

कन्या । आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता पनि लिनेछ ।

तुला । आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ ।

बृश्चिक । आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

धनु । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला ।

मकर । आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग छ, तर दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।

कुम्भ । आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।

मीन । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

प्रतिकृया दिनुहोस्