काठमाडौं । नेपालमा सरकारी कर्मचारी र शिक्षककाे तलब कति हुन्छ ? के तपाईँलाई थाहा छ ? सरकारले बजेट भाषण मार्फत बढाएकाे तलब कहिलेबाट पाउँछन् ? यहाँ हामीले चर्चा गरेका छाैं ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सरकारले बजेट भाषण मार्फत बढाएकाे सरकारी कर्मचारीकाे तलब साउन १ गतेबाट लागू हुन्छ। सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने घोषणा गरेको थियो ।
सरकारको घोषणा अनुसार निजामति कर्मचारीको सबैभन्नदा अमुक पदवाल मुख्य सचिवको तलब १० हजार ७१ रुपैयाँ बढेकाे छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ ।
बढेकोसहित मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ पुग्छ भने खरिदारको तलब २८ हजार ६१० बाट ३२ हजार ९०१ रुपैयाँ । आउँदो साउन १ देखि नै बढेको तलब कर्मचारीको महिनावारी लेजरमा चढ्ने छ ।
तलवबाहेक मुख्य सचिवदेखि कार्यालय सहायहसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबमा जोड्ने गरिएको छ । साथै कर्मचारीले वर्षको एक पल्ट पोशाक भत्ता समेत पाउँछन् ।