अब म चुनाव लड्दिनँ, एमालेलाई जिताएर केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो- केशव स्थापित

चुनावी थकाइ मारेर जमलस्थित एउटा होटलमा बसेका उनी अग्रता लिएपछि राष्ट्रिय सभागृहस्थित मतगणनास्थल जाने सोचाइमा थिए । तर, त्यो दिन आएन । उनी मतगणनास्थल नगएरै घर फर्किनुपर्‍यो ।

 

 

 

 

चुनाव जित्नेमा ढुक्क देखिएका स्थापित हारपछि के गर्दैछन् ?चुनावी थकाइ मारेर जमलस्थित एउटा होटलमा बसेका उनी अग्रता लिएपछि राष्ट्रिय सभागृहस्थित मतगणनास्थल जाने सोचाइमा थिए । तर, त्यो दिन आएन । उनी मतगणनास्थल नगएरै घर फर्किनुपर्‍यो । चुनाव जित्नेमा ढुक्क देखिएका स्थापित हारपछि के गर्दैछन् ?चुनाव हारेपछि कतै देखिनुहुन्न । के गर्दै हुनुहुन्छ ?

म आफ्नै काममा व्यस्त छु । पार्टीको शहरी विकास विभागले आउँदो १० वर्षको शहरी अवधारणा बनाउँदैछ । त्यसमा लागेको छु । चुनावपछि अलि फुक्का भएँ । त्यसैले आफ्ना केही सपनाहरूमा काम गरिरहेको छु धुवाँरहित हुने भएकाले स्वास्थ्यलाई हानि गर्दैन । यो सफल भयो भने देशको ६० अर्ब जोगिन्छ ।

सामुदायिक वन उपभोक्ता महासंघसँग छलफल गर्दैछु । ढलापडा, वन व्यवस्थापनका क्रममा काटिने हाँगाबिँगालाई सुपारीजस्तै काटेर प्रयोग गर्ने हो । त्यसैले वन विनाश पनि हुँदैन ।भनेपछि चुनाव हारेपछि तपाईं चुल्हो बनाएर पो बस्नुभएको छ ?

चुल्हो मात्र हैन । म हाइड्रोजन फ्युलका लागि पनि काम गरिरहेको छु । काठमाडौं विश्वविद्यालयले पनि यसमा काम गरिरहेको छ । तर, मैले यो कामलाई धेरै अगाडि लगिसकेँ । मसँग रहेका वैज्ञानिकहरू धेरै अघि पुगिसकेका छन् ।

छिट्टै नतिजा आउँछ । गाँजाखेतीको प्रतिबन्ध फुकुवा गर्न १० लाख किसानको संगठित अभियान अघि बढाउँदैछु अर्को, दुई वर्षभित्र २ करोड बाँसका बेर्ना उत्पादन गरेर भू–क्षय रोक्ने योजनामा अघि बढेको छु ।

मेलम्चीको पहिरो ग्याल्बिनले रोकिन्न नि । देशभर पहिरोले दुःख दिइरहेको छ । बाँसको एउटा राम्रो प्रजाति फेला पारेको छु । केही दिनमा इन्द्रावती गाउँमा बाँस रोप्छु । त्यो दुबोजस्तो छिट्टै फैलिँदोरहेछ ।

दुई वर्षमा २ करोड बेर्ना तयार हुन्छ । अनि, पहिरो प्रभावित क्षेत्रमा लगेर रोप्ने योजना बनाएको छु ।चुम्बकीय डिभाइसबाट बिजुली निकालेर विद्युत् नपुगेका गाउँमा उज्यालो पुर्‍याउने अर्को योजनामा पनि काम भइरहेको छ ।

पानीघट्टजस्तो साना खोल्साबाट पनि १०० वाटसम्म बिजुली निकाल्ने प्रविधि भित्र्याउन पहल गरिरहेको छु । पाँच वर्षमा त्यो प्रविधिले अफ्रिकाका धेरै गाउँ उज्यालो बनाएछ । हाम्रा धेरै गाउँ अझै अँध्यारै छन् । हामीले नगरे कसले गर्छ ?।।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *