बालेनको काम स्वागतयोग्य छ, कसैले बाधा अड्काउ गरे बाकि छाडिदैंन: रमेश खरेल (भिडियो सहित)

काठमाडौ। नेपाली शुशान पार्टीका अध्यक्ष रमेश खरेलले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन्।

 

 

 

 

राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको खरेलले बताए। केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन्।

आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन्। उनी भन्छन्, ‘बालेनको काम स्वागतयोग्य छ, कसैले बाधा अड्काउ गरे बाकि छाडिदैंन।’

उनले भन्छन्,:ल काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा अनाधिकृत ढङ्गले संचालनमा ल्याइएको साथै राज्य कोषमा कर छलिगरी ब्यबसाय संचालन गर्दा सप्रमाण सहित भवन, टहरा, एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *