अवैध संरचना निरन्तर भत्काइन्छ, अब यो हाम्रो अभियान नै हो साथ दिनेले सियर गर्नुहोस् : बालेन

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो,

 

 

 

 

कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नुभयो । नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उहाँले बताउनुभयो

“संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ”, उहाँले भन्नुभयो ।

सोही क्रममा बुधबार सुन्धरास्थित काठमाडौँ मलको आसपासमा निर्माण भएका अनधिकृतरुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी

कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ । बुधबारनै प्रमुख साहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिनुभएको थियो । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *