काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए। बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन्। मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए।
त्यसैको फलस्वरुप प्रचण्ड धारान पुगेर हर्क साम्पाङलाई भेटेका थिए। उनले सर्दु खोलामा पुगि बृक्षारोपण कार्यक्रमा पनि सहभागी भएका थिए। सोही बेला प्रचण्डले हर्क साम्पाङको कामको तारिफ गर्दै भनेका थिए, ‘माओबादीको काम वहाँले गर्नु भएको छ। सिंगै देशले वहाँको काम गम्भिरतापुर्बक हेरिराख्नुभएको छ।’
जब, काठमाडौ आएर हर्क साम्पाङले प्रचण्डलाई भेटे फेरि धरानमै पुगेर प्रचण्डले उनलाई भेटे। त्यसपछी हर्क साम्पाङको बारेमा धेरै मानिसहरुले आलोचना गर्न थाले। बालेनको बिसयमा धेरै झटारो हान्दै जाने उनको क्रम बढ्न थाल्यो।