मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ ।उहाँलाई वि;दाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ ।स’म्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जि’म्मेवारी पूरा गर्नै पर्यो ।घर व्य’वहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ |
श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन ।चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवारलाई वि;त्तीय साक्षरताका कक्षा सञ्चालन हुने भयो ।
कक्षामा आम्दानी र ख’र्चको व्यवस्थापनका साथै विभिन्न व्यवहारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें ।
यो कक्षामा बसेपछि मैले आम्दानी के हो र ख’र्च के हो भन्ने कुरा बुझें ।आम्दानी र खर्च व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें ।मसँग आम्दानीको स्रोत त केही थिएन ।