सरकारले नयाँ नियम लागू गरेको छ । सरकारले अब ४० वर्ष उमेर का टेका एकल पुरुषले पनि भत्ता पाउँने व्यवस्था गरेको हो। पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो ।
छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर का टेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।
कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ताले एकल महिला र ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकलाई सम्बोधन गरे पनि कतिपय एकल पुरुष तथा विदुर पुरुषहरूको जीवनसमेत क ष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो ।
उहाँले भन्नुभयो कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट वञ्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरेका हौँ । तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।” महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको सङ्ख्या ४० को हाराहारीमा छ ।