अर्बौ नाफा कमाइरहेका कुलमान घिसिङले किन तिरेनन् १५ करोड कर ? काटियो पत्र !

बालेन्द्र साह (बालेन) को नेतृत्व पाएपछि काठमाडौं महानगरपालिका एक्सनमा उत्रिएको छ । बालेनले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गरेका छन्।

 

 

 

 

 

बुधबार फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको हो ।

महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार गत वर्षदेखि नै यो अभियान सुरु भएको थियो । यो अभियानलाई अब फेरि सुरु गर्न लागेको उनको भनाइ छ । अधिकारीले भने, ‘नेतृत्वले पहल गर्ने हो भने ठूला करदातालाई करको दा’यरामा ल्याउन गाह्रो छैन ।’

महानगरको टोली कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउन ०७८ सम्म पञ्चेबाजासहित कर तिर्न आग्रह गर्दै पुगेको थियो ।

घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि घर–आँगनमै पुगेर पन्चेबाजासहित व्यंग्य, नाच गरेको महानगरको भनाइ छ । केही करदाताले लाजैका कारण कर तिरेका छन् । जसकारण महानगरले अघिल्लो वर्षभन्दा २० करोड बढी कर संकलन गरेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *