डोजरवाली मोडल भन्छिन्– प्रेम प्रस्ताव राख्नेलाई सामाजिक सञ्जालमा ब्लक गरिदिन्छु, फोन गरेर गाली गर्छु

मिलेको शरीर, नरम स्वभाव, हसिलो अनुहार भएकी अभिनय र नृत्यमा पोख्त नायिका तथा मोडल करुणा बस्नेत नेपाली जनता माझ चर्चित नाम हो । दोलखाको स्थायी बासिन्दा करुणा काठमाडौँमा रहेर संघर्षको पाइलाहरु अगाढी बढाउदै छिन।

 

 

 

 

विभिन्न पेशा ब्यबसायमा आबद्ध रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनि पछिल्लो समय सिने क्षेत्रमा ब्यस्त छिन। भर्खरै मात्र राजधानीमा सम्पन्न भएको दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७८ मा आधुनिक गीतको म्युजिक भिडियो बाट उत्कृष्ट महिला मोडलको अवार्ड जित्न सफल भएकी करुणा

राष्ट्रिय समाबेसी अवार्ड २०२२ मा कलाकारिता सम्मान बाट सम्मानित भएकी छिन ।

भाईरल डोजरवालीको नाम बाट सबै नेपाली माझ परिचित करुणा पछिल्लो समय भने कलाकारिता र अभिनयमा नै ब्यस्त छिन।

हिम्मतवाली डोजरवालीको नाम बाट चर्चा कमाएकी करुणाले आधा दर्जन म्युजिक भिडियो, दुइ वटा नेपाली चलचित्र र एक वटा भोजपुरी चलचित्रमा समेत आफ्नो कला कौशल अभिनय क्षमत प्रदर्शन गरिसकेकी छिन। बहुप्रतिभाकी धनि कलाकार करुणा बस्नेत संग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *