तनावबाट बाहिर निस्किइन् समिक्षाः घुमघाम र काममा सक्रिय (तस्बिरहरू)

गायिका समिक्षा अधिकारी लामो समयदेखि चर्चामा छन् । सानै उमेरमा नै उनी चर्चाको शिखरमा पुग्न सफल भइन् ।

 

 

 

 

उनले स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । उनै समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा नायिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा दर्शकको मनमा बस्न सफल छिन् । बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।

विद्यालय तथा अन्य कार्यक्रममा गीत गाइराख्ने समिक्षा कक्षा ८ मा पढ्दै थिइन्। असारको महीना थियो। छक्का पञ्जा-३ को टिम चलचित्र छायांकनको लागि उनको गाउँमा पुगेको थियो। उनले ‘नाई ल भन्नु ल-२’ को गीत, ‘यी आँखामा तिमी छौं। यो मनमा तिमी छौं।’ गाईन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *