अहिले सम्म सटर र पेटी भत्किए अब कर छली गर्नेको पुंगी बजाउछु- बालेन शाह

काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गर्ने भएको छ । बुधबार फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार गत वर्षदेखि नै यो अभियान सुरु भएको थियो । यो अभियानलाई अब फेरि सुरु गर्न लागेको उनको भनाइ छ । अधिकारीले भने, ‘नेतृत्वले पहल गर्ने हो भने ठूला करदातालाई करको दायरामा ल्याउन गाह्रो छैन ।’

महानगरको टोली कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउन ०७८ सम्म पञ्चेबाजासहित कर तिर्न आग्रह गर्दै पुगेको थियो । घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि घर–आँगनमै पुगेर पन्चेबाजासहित व्यंग्य, नाच गरेको महानगरको भनाइ छ । केही करदाताले लाजैका कारण कर तिरेका छन् । जसकारण महानगरले अघिल्लो वर्षभन्दा २० करोड बढी कर संकलन गरेको थियो ।

काठमाडौं महानगरपालिकाका अनुसार मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन लागिएको हो । यो अभियानको थालनी त्रिपुरेश्वर क्षेत्रबाट हुन लागेको छ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा थुप्रै होर्डिङ बोर्ड छन् । ती बोर्डहरू मापदण्डभित्र रहे–नरहेको जाँचबुझपछि मापदण्डबाहिरकालाई हटाउने तयारी छ ।

फनपार्कले महानगरलाई मनोरञ्जन कर १७ लाख बुझाएको छ । बिहीबार महानगरअन्तर्गत राजस्व विभागमा गएर १७ लाख ३६ हजार मनोरञ्जन कर बुझाएको महानगरले जनाएको छ । ‘फनपार्कका प्रतिनिधिले आएर मनोरञ्जन कर १७ लाख बुझाउनुभएको छ । उहाँहरूले जानकारी गराउनुभएअनुसार हिसाब गरेर निकाल्दा आएको रकम बुझाउनुभएको हो,’ विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘समाज कल्याण परिषद्सँग बहाल सम्झौता गरेर चलाएको हुनाले भोलि परिषद्लाई पत्र लेख्दै छौँ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *