अर्घाखाची जिल्लामा जन्मिएका कलाकार एलिना रायमाझी । प्रेम शब्दमा वर्णन नै गर्न सक्दिनँ । हरेक सम्बन्धमा सीमा हुन्छ, तर प्रेममा कुनै सीमा हुँदैन भन्ने लाग्छ । सुस्ख–दुस्ख बिसाउने चौतारी हो, प्रेम । कक्षा ८ मा पढ्थेँ, म ।
त्यतिवेला एकजना रायमाझी थरकै केटाले प्रस्ताव राखेका थिए । मलाई पनि अति नै मन पर्थ्यो । तर रायमाझी रायमाझी दाजु बहिनी पर्छ भन्ने थाहा थिएन । एक दिन कुरा चल्दै गर्दा साथीको मामुले लभ गर्न मिल्दैन भनेर सम्झाउनुभयो ।
त्यसपछि उसको फोटो फर्काइदिएको मलाई अझै पनि झलझली याद आउँछ । मन पराउने धेरै छन् । कतिले रूपलाई माया गर्लान् कतिले मनलाई । तर पनि यही नै मेरो लाइफ पार्टनर भन्ने खालको ब्वाइफ्रेन्ड अहिलेसम्म छैन । हाँस्दै भएपछि भन्छु ल ।
प्रेम प्रस्ताव गर्ने धेरै छन् । तर धेरैले मनभन्दा पनि बाहिरी रूप देखेर प्रस्ताव राखेजस्तो लाग्छ । त्यसैले स्विकारेकी चाहिँ छैन । मलाई स्मार्ट हिम्मतिलो देख्दा राम्रो सफा मन भएको केही कुरा नलुकाउने मनमा लागेको कुरा फ्याट्ट बोल्दिहाल्ने केटा मनपर्छ ।