ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ। ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध त्यसैगरी बिहिबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ ।
यसै कारणले गर्दा बार अनुसार मिल्ने फल पनि फरक हुन्छ। ज्योतिष शास्त्रको भनाई मान्ने हो भने ऋण लिनको पनि हप्ताका सबै दिन शुभ हुँदैनन्। ऋण लिन र दिनको लागि कुन बार कति शुभ ? हेर्नुहोस् !आइतबार : आइतबार हप्ताको पहिलो दिन हो। यस दिन सूर्यको प्रभाव अत्याधिक रहने मान्यता रहेको छ। यस दिन ऋण लिन मात्र नभई दिन पनि अशुभ हुने ज्योतिषशास्त्रको भनाई छ।
बुधबार : बुधको अधिपत्य भएको दिन हो बुधबार। बुधबार सकेसम्म ऋण लिन हुँदैन। यस दिन ऋण दिन पनि खासै शुभ रहँदैन।बिहिबार : बिहिबार वृहस्पतिको बढी नै प्रभाव रहने दिन हो। यस दिन ऋण दिन नहुने ज्योतिष शास्त्रको दावी छ। तर यस दिन ऋण लिनको लागि भने धेरै शुभ हुन्छ।
शुक्रबार : शुक्र ग्रहको प्रभाव अत्याधिक रहने भएको हुँदा यस दिनलाई शुक्रबार भनिएको हो। कर्जा लिन मात्र नभई दिन पनि यस दिन धेरै शुभ हुने ज्योतिष शास्त्र बताउँछ।शनिबार : शनि ग्रहको प्रभाव रहने यस दिन ऋण लिन र दिन हुँदैन। यस दिन लिएको ऋण तिर्न धेरै गार्हो हुने ज्योतिषीहरु बताउँछन्। यस्तै शनिबार अरुलाई कर्जा दिँदा नउठ्ने सम्भावना रहन्छ।
यसैगरी हरेक मानिसको सुरक्षित वासको सबैभन्दा भरपर्दो विकल्प हो उसको घर । घर बनाउन मानिसले आफ्नो बर्षाैको मेहनत खर्चेको हुन्छ । तसर्थ यसरी बनाइने घरलाई धार्मीक र वास्तुका नियमहरु पालना गरेर बनाउनु उपयुक्त हुन्छ । वास्तुमा घर सम्बन्धी केहि टिप्सहरु दिएको छ । जसलाई पालना गरेमा घरमा शान्ति, समृद्धि र ऐश्वर्य प्राप्तहुने मान्यता छ ।
पर्खालको मोटाई : घर बनाउँदा यसको पर्खालमा विशेष ध्यानपुर्याउनु पर्ने हुन्छ । घरको दक्षिण र पश्चिमतर्फका पर्खाललाई उत्तर र पूर्वतर्फका पर्खालभन्दा केहि अग्लो र मोटो बनाउनुपर्छ ।सडकभन्दा अग्लो जमिन :घर बनाउने अभिप्रायले किन्नलागेको जमिनवा घर किन्दा सडक भन्दाअग्लो जमिन वा सडकको सतहभन्दा घर बनेको जमिनको सतहअग्लो भएको किन्नुपर्छ । यदि केहि गरी होचो भएमा त्यसलाई अग्लो बनाउने तर्फ लाग्नुपर्छ । अन्यथा, सडक सतहभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आइलाग्छ ।