बालेनलाई आयो अमेरिकाबाट अत्यन्त खुसीको खबर, देशरभरका समर्थकमा छायो खुशियाली !

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

 

अमेरिकामा रहेबसेका सामाजिक अभियन्ता तथा प्राध्यापकहरूसँग गरिएको संक्षिप्त वार्तामा उहाँहरूले बालेन शाहको कार्यको खुलेरै समर्थन गर्नुभएको हो । उहाँहरूले नगरविकास र काठमाडौँलाई काठमाडौँ जस्तो बनाउन शाहले आर्थिक सहयोगको आव्हान गर्नुभएको खण्डमा सो सहयोग पनि उपलब्ध गराउन तयार रहेको बताउनुभयो । एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले नगरप्रमुखले गरेको कामको खुलेरै प्रशंसा गर्दै भन्नुभयो

राजनीतिक प्रभाव आउन सक्छ, कसैको डर र प्रभावमा नपरी नगर विकासको काम कारबाहीलाई चुस्त रूपले अगाडि बढाउन सक्छन् र सक्नु पनि पर्छ । उहाँले अवैध किसिमले बनाइएका संरचनालाई भत्काउनु र नगर विकास गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले घरभेटी र भाडामा बस्ने बीचको असामञ्जस्यलाई पनि नगर प्रमुखले न्याय गर्नुपर्छ भन्नुभयो ।

वेस्टर्न मिचिगन विश्वविद्यालयका प्राडा उदयराज वाग्लेले यस समाचारदातासँग कुरा गर्दै स्थानीय निकायले गर्ने यस्तै प्रकारको कामले प्रगति हुन्छ र नगरप्रमुखले जुन ढङ्गले काम गर्नुभएको छ, यो ठुलो कुरा हो भन्नुभयो । स्थानीय निकायले यस्ता काम कारबाही गर्दा माथिल्लो निकायबाट हस्तक्षेपको सम्भावना न्यून हुने भएकोले उहाँलाई काम गर्न सहज हुने उहाँको भनाइ छ ।

वाग्लेले राजनीतिक पार्टीबाट अलग रहेर काम गरेकोले जनसमर्थन कस्तो छ, ककसले सहयोग गरेका छन्, ककसले विरोध गरेका छन् भन्ने कुराले महत्त्व राख्ने भएकोले ती कुरामा पनि ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले कानुनी कुरा, तथ्याङ्क र व्यावसायिक कुरालाई पनि सोचेर अगाडि बढे नगरको विकास हुन्छ भन्नुभयो । वाग्लेले एरिया तोकेर यस किसिमको काम गर्न र फुटपाथमा काम गरेर खानेहरूलाई वैकल्पिक व्यवस्था गरेदेखि उनीहरूको पनि समर्थन रहन्छ भन्नुभयो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *