जीवनमा नगर्नु यी १२ पापकर्म : भगवानले कहिल्यै दिँदैनन् माफी !

भाद्र २०, २०७९ सोमबार 210

जीवनमा नगर्नु यी १२ पापकर्म : भगवानले कहिल्यै दिँदैनन् माफी !

पाप र धर्म यौटै सिक्काका दुई पाटा हुन् ,धर्म सकारात्मक शक्ति हो ,विश्वास हो ,पुजा हो ,सबैको भलो गर्ने आत्मशक्ति हो भने पाप अधर्म हो ,आज हामी जीवनमा गर्न नहुने १२ पापको बारेमा कुरा गर्दै छौं यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ । तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ ।

 

 

 

शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो । कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् ।राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पाप पनि अक्षम्य हुन्छ । शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पापको हकदार र दण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पापको हकदार पनि बन्न सक्छ ।

विशेषगरी यी तीन अवस्थामाः बोलीद्वारा गरिन् अक्षम्य पापः कुनै गर्भवती महिला वा महिनावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखाउनु शिवको नजरमा अक्षम्य अपराध र पाप हो । कसैको सम्मानमा हानी पुर्याउने नियतले झुटो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पापको भागीदार हुने गर्दछन् ।समाजमा कसैको मान–सम्मानलाई हानी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफवाह फैलाउनु पनि अक्षम्य पाप हो । तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पापको श्रेणीमा पर्ने गर्दछः धर्मले वर्जित गरेको खानेकुरा खानु वा धर्म विपरित कुनै कार्य गर्नु पनि शिवको नजरमा पाप हुने गर्दछ ।

शिवका लागि अक्षम्य पाप कार्यः बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त हुनु पापको सूचीमा पर्दछ।गलत तरिकाले अरुको सम्पत्ति हडप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चोर्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ ।गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अपमान बिर्सेर पनि गर्नुहुँदैन । रक्सी पिउनु, गुरुकी श्रीमतीसँग सम्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पाप मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि माफी दिँदैनन् ।

प्रतिकृया दिनुहोस्