शून्य लागतमा मलेसियाले नेपाली कामदारको माग गरेको छ । मलेसियाको पहाङ सहरमा रहेको एक कम्पनीले ५ जना पुरुष र जालन सहरमा रहेको एक कम्पनीले १० जना गरी जम्मा १५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३४ हजार माथिदेखि ४२ हजार बढि पाउनेछ । इच्छुक कामदारले वि एस ओभरसिज प्रालिको कार्यालय काठमाडौंमा भदौ २४ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
यो पनि..यूएईले माग्यो नेपाली पुरुष महिला कामदार कामदार, योग्यता कति ?
यूएईले नेपाली कामदारको माग गरेको छ । यूएईको एक सहरमा रहेको एक कम्पनीले ५१ जना पुरुष र २६ जना महिला गरि जम्मा ७७ जना नेपाली कामदारको माग गरेको हो ।