मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ ।कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् ।
राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्दरकाण्ड राखेर सुत्नुपर्छ । यसले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्रगति हुने र सफलता मिल्ने बताइन्छ । त्यस्तै वास्तुशास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुने बताइन्छ ।
घरमा पति–पत्नीबीचको सम्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् अर्थात दुर्गा मन्दिरमा अर्पण गर्नाले घरमा हुने कलह दूर हुनुका साथै आय–आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ ।राति सुत्ने समयमा तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइलको मनोकामना पूरा हुने वास्तुशास्त्रले बताउँछ ।
यसैगरी विभिन्न संकेतका आधारमा शुभ र अशुभका बारेमा जान्न सकिन्छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ । यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिन्छ । जुन यसप्रकार छन् :दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ । विहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।
यदी कोही मानिसले सपनामा आफुलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ । जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ । यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।