ताेकियाे इसीडी शिक्षक, विद्यालय कर्मचारी र सामुदायिक केन्द्र परिचालकको तलब, कसको कति ? (सूचीसहित)

भाद्र २१, २०७९ मंगलबार 381

ताेकियाे इसीडी शिक्षक, विद्यालय कर्मचारी र सामुदायिक केन्द्र परिचालकको तलब, कसको कति ? (सूचीसहित)

चितवन जिल्लाको मध्यविन्दु नगरपालिकाले विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र सामुदायिक सिकाई केन्द्र परिचालकको तलबका लागि माग फाराम पेश गर्न सामुदायिक विद्यालयलाई पत्र पठाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकको निर्णयबाट तलबबारे निर्णय गरी माग फाराम पेश गर्न नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयलाई पत्र पठाइएको हो ।

नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत बजेट शीर्षकबाट विद्यालय सहयोगीलाई ७ हजार, विद्यालय सहायक (लेखापाल) लाई ४५ सय, सामुदायिक सिकाई केन्द्र परिचालकलाई ८ हजार र इसीडी शिक्षकलाई मासिक ८ हजार रूपैयाँ तलब निर्धारण गरिएको छ ।

संघीय सरकारले पनि विद्यालय कर्मचारी, इसीडी शिक्षक र सामुदायिक सिकाई केन्द्र परिचालकलाई तलब पठाउँछ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्