मासिक ३२०० रिङ्गीट तलब सहित मलेसियाले माग्यो १० हजार नेपाली

मलेसियामा नेपालीलाई ३२ सय रिंगेट मासिक तलब दिने कम्पनी, धमाधम आउदै माग..

 

 

 

 

विश्वका १० भन्दा बढी देशमा आफ्नो उत्पादनका लागि उद्योग स्थापना गरेको यो बहुराष्ट्रिय विस्ट्रोन कम्पनीले २०१९ देखि मात्रै मलेसियाको पोर्टकिआङ र पेटालिङमा उद्योग स्थापना गरेको छ ।

यो कम्पनीमा कार्यरत श्रमिकले १५ सय न्यूनतम तलबसहित २४ सय २१ रिंगेट (करिब ७० हजार रुपैयाँ) पाउनेछन् ।

काम सिकेपछि भने मासिक रूपमा सेवासुविधासहित ३ हजार दुई सय २३ रिंगेट (करिब ९० हजार रुपैयाँ) पाउनेछन् । ‘हामीले कुनै श्रमिकमाथि भेदभाव गर्दैनौं । सीप सिकेपछि तलब, सेवासुविधा बढ्दै जान्छ,’ चोङले भने ।

‘मलेसियामा उद्योग स्थापना गरेदेखि नै नेपाली लैजान थालेका हौं,’ पत्रकार सम्मेलनमा विस्ट्रोनका उपमहाप्रबन्धक चोङले भने, ‘उद्योगलाई चाहिने जनशक्ति नेपालबाटै लैजानेछौं ।’

सम्झौताअनुसार पहिलो चरणमा आकर्षणले १ सय ५० जना महिला र ६० पुरुष तथा लालधनुषले १ सय ७५ महिला र ७५ पुरुष पठाउने सम्झौता भएको छ ।

यी श्रमिकको छनोट गर्न विस्ट्रोनले बुधबार र बिहीबार काठमाडौंमा अन्तर्वार्ता गर्दै छ ।

विस्ट्रोन कम्पनीका तर्फबाट उपमहाप्रबन्धक डेभिड तावोन चोङले आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी र लालधनुषका प्रमुख आङ नेवाङ शेर्पासँग शून्य लागतमा श्रमिक पठाउन सम्झौता गरेका हुन् ।

यसअघि मलेसियाका कम्पनीले शून्य लागतमा श्रमिक लैजाने दाबी गरे पनि नेपालमै आएर सार्वजनिक रूपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेका थिएनन् । विस्ट्रोनले पहिलो चरणमा ४ सय ५० जना लैजाने भएको छ, जसमा ३ सय २५ जना महिलाको कोटा छ ।

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *