महिला र पुरुष एकै रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना अर्कोको संसार चल्दैन

यो पृथ्वीमा धेरै मानिसहरु बसोबास गर्छन अनी उनीहरुको आ आफ्नो भावना मन अनि तन पनि छ । मानिसहरु सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुन भनेर पनि भन्ने गरिन्छ । एक बिना अर्कोको जिन्दगीको खासै अर्थ र परिभाषा पनि हुदैन । महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना संसार चल्नै सक्दैन । महिला र पुरुष धेरै असमानता छ केही कुरा समान छन् । जस्तो जीवन बाँच्ने प्रक्रिया उस्तै उस्तै हो ।

 

सोचाइको तरिका भने फरक छ । पितृसत्ताले डो¥याउँदै ल्याएकाले पुरुषहरु स्वतन्त्र छन् । सोचाइ पनि फरक छ । छोरीहरुलाई सुरुदेखि नै घरभित्रको काम लगाउने र अर्काको घर जाने जात भनेर बाँधिन्छ । छोरालाई खेल्न पठाइन्छ । यहीँबाट असमानता सुरु हुन्छ ।

 

 

यो सामाजिक बनावटले निर्धारण गरेको भिन्नता हो ।महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा भन्ने कुरा बिम्बात्मकरुपमा प्रयोग गरिएको हो । पाङ्ग्रा भनेको गुड्ने गतिशील बस्तु हो । त्यो गति निर्धारण दुवै पाङ्ग्रामा भर परेको हुन्छ । एउटा खुट्टाले मात्र पनि मान्छे हिँड्न सक्दैन एउटा पाङ्ग्राले मात्र पनि रथ हिँड्न सक्दैन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *