यस्तो ठाउँमा कोठी हुनेले पाउँछन् धेरै प्रेम, यस्ता हुने झगडालु !

काठमाडौँ । कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ ।

यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।

१ .जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।

२. औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

३. चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

४. दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।

५. माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।

६ .जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् ।
यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

७. यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।

८. जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

९. बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

१०. दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।

११. नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *