४ कोठे घर बनाउन कति खर्च लाग्छ ? हेर्नु`होस्

चार कोठाको एक तले घर बनाउँदा इँ`टामा कति खर्च हुन्छ?हामीले यहाँ कम इँटा प्रयोग गरी कसरी चार कोठे, चिटिक्क`को घर बनाउन सकि`न्छ भन्ने चर्चा गरेका छौं। यसबारे हामी`लाई जानकारी दिएका छन् महाशक्ति इँटा उद्योग, जगाति`का सञ्चाल`क कृष्ण|प्रसाद दुवालले। दुवालका अनुसार इँटा कति लाग्छ भन्ने अनुमान गर्नुअघि सबभन्दा पहिले कस्तो घर बनाउने, कति`वटा झ्याल, ढोका राख्ने निधो गर्नुपर्छ।

 

 

किनकी झ्याल, ढोका र घरको डिजाइ|नले इँटा संख्या फरक पर्छ।छत ढलान गरी बना`इने घरमा इँटा बढी लाग्छ। यसमा आव`श्यकता अनुसार तला थप्दै जान पनि स`किन्छ। त्यस्तै पर्खाल सिस्ट`मको ढलान नगरिने, जस्ता वा अन्य छाना राखिने घरमा कम इँटा प्र`योग गर्न सकिन्छ।

सहरमा ढलान`बिनाको घर त्यति प्रयो`गमा आउँदैन। घर बनाउँदा भविष्यमा तला थप्ने विचा`रले बनाउँदा सही हुने इँटा व्यवसायी दुवाल बताउँछन्। ढलान गर्ने घरमा जग बलियो पार्नुपर्छ। नौ इन्चको जग अ`निवार्य हुन्छ। त्यसले धेरै इँटा डिपिसी`मुनि खपत हुन्छ,’ व्यवसायी दुवालले जानकारी दिए, ‘पहिलो तला घरको आधार (मुख्य) पनि भएकाले नौ इन्चकै गारो लगाउन सुझाव दिन्छौं।’

नौ इन्चको गारो लगाउ|नुको अर्को फाइदा पनि छ- घरको भित्री भागलाई ओसबाट जोगाउनु। दुवालका अनुसार जिन्द|गीमा एक पटक बनाइने घरमा सम्झौता नगरेकै बेस्। त्यस्तै इँटाको लागत आकलन गर्ने अर्को पाटो झ्याल र ढोका हुन्।

कुनै कोठामा तीन वटास`म्म झ्याल राख्न मिल्ने हुन्छ। यस्तो को|ठामा इँटा कम लाग्छ। त्यस्तै कुनै कोठामा दुई वटा ढोका राख्न आवश्यक पर्ने हुँदा सोही अनुसा`र इँटाको लागत अनुमान गर्नुपर्ने दुवाल बताउँछन्।

 

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *