घट्यो सुनको भाउ : तोलाको कति छ ? हेर्नुहोस्

आज साेमबार सुनकाे भाउ घटेको छ ।

काराेबारकाे दाेस्राे दिन आज (भदाै २७ गते) साेमबार नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ भने र चाँदीकाे भाउ स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साेमबार ३ सय रुपैयाँले घट्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज साेमबार तेजावी सुन प्रति तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज साेमबार पनि स्थिर रहेको छ । आज पनि चाँदीको मूल्य स्थिर रहदै १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *