पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ ।
छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन्
म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो ।
पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।