मलेसियामा नेपालीलाई ३२ सय रिंगेट मासिक तलब दिने कम्पनी, धमाधम आउदै माग..
विश्वका १० भन्दा बढी देशमा आफ्नो उत्पादनका लागि उद्योग स्थापना गरेको यो बहुराष्ट्रिय विस्ट्रोन कम्पनीले २०१९ देखि मात्रै मलेसियाको पोर्टकिआङ र पेटालिङमा उद्योग स्थापना गरेको छ ।
यो कम्पनीमा कार्यरत श्रमिकले १५ सय न्यूनतम तलबसहित २४ सय २१ रिंगेट (करिब ७० हजार रुपैयाँ) पाउनेछन् ।
काम सिकेपछि भने मासिक रूपमा सेवासुविधासहित ३ हजार दुई सय २३ रिंगेट (करिब ९० हजार रुपैयाँ) पाउनेछन् । ‘हामीले कुनै श्रमिकमाथि भेदभाव गर्दैनौं । सीप सिकेपछि तलब, सेवासुविधा बढ्दै जान्छ,’ चोङले भने ।
‘मलेसियामा उद्योग स्थापना गरेदेखि नै नेपाली लैजान थालेका हौं,’ पत्रकार सम्मेलनमा विस्ट्रोनका उपमहाप्रबन्धक चोङले भने, ‘उद्योगलाई चाहिने जनशक्ति नेपालबाटै लैजानेछौं ।’