मौनता तोड्दै बोलिन समिक्षा : क्षतिपूर्ति बापतको रकम लिन्न ( स्टाटस सहित )

लामो समय पछी गायिका समिक्षा अधिकारीले आफ्नो मुख खोल्दै , आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन । उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छिन , क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। उनको स्टाटस जस्ताको तस्तै

 

 

 

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो। सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

 

 

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *