युक्रेन युद्धकै लागी Russia ले नयाँ भर्ती खोल्यो, मासिक तलब ७ लाख २८ हजार तुरुन्तै यसरि दिनुहोस आवेदन (हेर्नुहोस प्रक्रिया )

सेन्ट पिटसवर्ग नजिकैको सहर भोलोसोभोमा चहलपहल बढेको छ। आर्थिक चहलपहल होइन बरु यो लाउडस्पीकरहरूको चहलपहल हो। रुसका धेरै सहरहरूजस्तै यहाँ पनि मुख्य सडकमा पोलहरूमा लहरै लाउडस्पीकर राखिएका छन्।

 

परम्परागत रूपमा यस्ता स्पीकरहरूमा राष्ट्रिय बिदाहरूमा देशभक्ति गीतहरू बजाइन्छन्। तर अहिले यिनीहरूको प्रयोग भिन्न छ।

“दुई वटा स्वयंसेवक सैनिक बटालियनहरू गठन भइरहेका छन्। हामी १८ देखि ६० वर्षसम्मका पुरुषहरूलाई यसमा सहभागी हुन आमन्त्रण गर्दछौँ,” यसको आवाजले भनिरहेको छ

देशमा यो सन्देश बारम्बार दोहोर्‍याइने गरिएको छ। सामाजिक सञ्जाल, टेलिभिजन र विज्ञापनका बोर्डहरूमा पनि मानिसहरूलाई युक्रेनी सेनाविरुद्ध लड्नका लागि छोटो अवधिको लागि सहभागी हुन आग्रह गरिएको छ।

द्वन्द्वमा महत्त्वपूर्ण क्षति बेहोरेको अवस्थामा रुसी अधिकारीहरूले सेनामा भर्तीको योजना अघि सारेका हुन्।

मैले भोलोसोभोमा एक जना मानिसलाई रोकेर स्वयंसेवकहरूका लागि भर्ती आह्वान गरिएको कुरामा उनको समर्थन रहे वा नरहेकोबारे सोधेँ।

म युवा भएको भए म पक्कै पनि जाने थिएँ। तर अब म यसका लागि धेरै बूढो भइसकेँ मुठ्ठी कस्दै उनले भने। “तिनीहरूलाई बमले उडाउनुपर्छ।र यो सहरका अधिकांश मानिसहरू कम उत्साहित देखिन्छन्।युद्धको कुरा गर्नु पनि निकै पीडादायी हो,” एक जना महिला गुनासो गर्छिन्।

 

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *