हरेक ब्यक्तिले निदाएको बेला सपना देख्ने गर्दछन्।
धार्मीक मान्यता अनुसार हर सपनाको केहि न केहि अर्थ रहने गर्दछ यस प्रकारका सपनाले ब्यक्तिको जीवनमा घट्ने घटनाको अग्रीम जानकारी गराउने मान्यता छ। यस्ता सपनामा देखियो बस्तु वा स्थानले मानिसमा सकारात्मक वा नकारात्मक दुबै प्रकारका असर पार्ने गर्दछ। कतिपय सपनाले मानिसमा धनलाभको समेत संकेत गर्दछ।
कुन-कुन सपनाले मानिसलाई धनवान् बनाउने संकते गर्छ त ?: यदि सपनामा कसैले बिरालो, उल्लु र घोडा देख्यो भने ती ब्यक्तिउपर माता लक्ष्मीको कृपा बर्सिने मान्यता छ। यदि सपनामा आफुले घोडसवारी गरेको देखियो भने आगामी भाग लिएको प्रतियोगितामा सफलता पाउने मान्यता छ।
सपनामा घोडा चढेको देखेमा रोकिएको पैसा छिट्टै फिर्ता हुने मान्यता रहेको छ। सपनामा माता लक्ष्मी वा भवानीको दर्शन गरेको देखेमा छिट्टै धनवर्षा हुने मान्यता छ। यदि सपनामा कसैले आभूषण धारण गरेको वा खरीद गरेको देखे भविष्यमा अधिक धनवान हुने संकेत गर्दछ। यदि सपनामा कमलकोफूल धारण गरेको देखे या अरुले फुल भेटगरेको देखेथालेको काममाअपार सफलता प्राप्त हुनेछ।
यदि सपनामा साना उमेरमा बालिका देखे देवीशक्तिको विशेष कृपा हुनेछ। कसैले सपनामा मन्दिरको दर्शन गरेको देखे त्यो अत्यन्त शुभ मानिन्छ। यदि सपनामा मन्दिर देखेमा आउने स’मयनिकै शुभ हुनेछ भन्ने संकेत मानिन्छ। सपनामा कुलदेवताको दर्शन गरेको देखेमा जीवनमा विद्यमान सबै कष्ट, संकट नाशभएर जाने मान्यता छ।