गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । उनले, स्वर भरेका धेरै गीतहरुले बजारमा राम्रो चर्चा पाएका छन् । तर, समिक्षाको चाहना गायिकामा मात्र सिमित हुने छैन । उनले, चलचित्रको पर्दामा नायिका बन्ने इच्छा पनि व्यक्त गरेकी छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****
१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षाले आफूलाई नायिका पनि बन्न मन लागेको बताइन् । बाल्यकालदेखि नै आफूलाई गायनसँगै अभिनयमा पनि रुची रहेको समिक्षा बताउँछिन् ।
लामो समय पछी गायिका समिक्षा अधिकारीले आफ्नो मुख खोल्दै पछिल्लो समय घटेको घटना बारे , आफ्नो बदनाम नगर्न आग्रह गरेकी छिन । उनले फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छिन , क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। उनको स्टाटस जस्ताको तस्तै
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु ।
उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो। सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।