मेहेन्दीमा मिसाउनुहोस् यो चिज, कपाल हुनेछ गाँढा, बाक्लो र सिल्की

काठमाडौँ । हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् ।

तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ ।

आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जानकारी दिदैछौ ।

१. कपालमा मेहेन्दी लगाउनु अघि टाउकोलाई मज्जाले सैम्पुले धुनु पर्दछ ।

२. टाउको पखाल्दा सकेसम्म साबुनको प्रयोग गर्नुहुदैन ।

३. सैम्पु गरिसकेपछि कपाललाई मज्जाले सुक्न दिनु पर्दछ ।

४. त्यसपछि मेहन्दिका प्याकेटको निर्देशन अनुसार सफा कचौरामा मेहन्दी तयार पार्नुपर्दछ ।

५। मेहन्दिको लेप बनाउन प्याकेटमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ ।

६. त्यसपछि मेहन्दीलाई ब्रसले मजासँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो ।

७. मेहन्दीको लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ ।

८.मेहन्दी केश बाहेक छालामा लाग्ननदिन बेकामे तर सफा तौलियाले शरीर ढाक्नु पर्दछ ।

९. मेहन्दी लगाउँदा ब्रसलाई बिस्तारै चगाए सबै तिर सहजै लगाउन सकिन्छ ।

१०. कपालमा मेहन्दी लगाइसकेपछि १५ देखि ३०मिनेटसम्म रहन दिनुपर्छ ।

११. आवश्यक अवधीसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ ।

१२. दोस्रो पटक मात्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो हेयर प्याकले तपाइँको कपाल चमकदार र व्यवस्थित बनाउँछ। यो प्रोटिनमा धनी छ र यसमा कन्डिसन गुणहरू छ। यो प्याक बनाउनका लागि दुई ठूलो चम्चा मेहेन्दीकाको पाउडर र एक चम्चा शिकाकाई पाउडर पानीमा मिस्नुहोस्। यो पेस्टलाई राति भिजाउन राति मजाले भिज्न दिनुहोस्। बिहान भिजेको पेस्टमा अण्डो र एक चम्चा दही मिसाउनुहोस् । यो मिश्रण तपाइँको कपालमा लगाउनुहोस् र यसलाई लगभग ४५ मिनेटदेखि एक घण्टाको लागि छोड्नुहोस्। त्यसपछि हल्का सल्फेट फ्री स्याम्पु र चिसो पानीले तपाईंको कपाल धुनुहोस्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *