Uk मौसमी कार्य भिसा जसलाई अस्थायी कार्य भिसा पनि भनिन्छ UK सरकारले जारी गरेको छ जस अन्तर्गत बेलायत जान चाहने व्यक्तिहरूले स्वीकृत योजना अपरेटरको प्रायोजकसँग मौसमी बागवानी कार्य गर्न जान सक्छन्।
मौसमी कार्य भिसामा रहेको व्यक्तिले कुनै पनि १२ महिनाको अवधिमा बढीमा ६ महिनाको अवधिसम्म काम गर्न सक्छ।मौसमी कार्य भिसामा तपाईले फलफूल, तरकारी, फूल, कृषि, खेती, खेतीलगायतका काम गर्न जान सक्नुहुन्छ। यस्तै। काम बागवानीसँग सम्बन्धित छ।
मलेसियाको प्रतिष्ठित कम्पनी Jinko Solar कम्पनीले न्युनतम तलब वृद्धि गरेको छ ।
मलेसियाको jinko solar ले यो बर्ष राम्रो आम्दानी तथा कार्य सम्पन्न भएकोले बोर्ड मिटिङ बाट सबै कामदारको न्युनतम तलब वृद्धिको निर्णय गरेको सन्चार माध्यमले जनाएको छ ।
मलेसियाको Jinko Solar ले हाल कामदारलाई १५ सय रिङ्गेट सबै कर्मचारीलाई दिई रहेको छ भने १५ सय भन्दा बढी पनि रकम दिने घोषणा गरेको छ ।
मलेसिया सरकारले सबै कम्पनीलाई बिदेशी कामदारको न्युनतम तलब वृद्धि गरेर कम्तिमा पनि RM १५ सय पुराइ सकेको छ ।
मलेसिया सरकारले सन 2022 को मे देखी सबै कम्पनीले न्युनतम तलब सरकारले तोकेको बनाउनै पर्ने भनेको छ भने रोजगारदाता कम्पनीले सो को बिरोध गर्दै आएका भए पनि केही राम्रा कम्पनीले सरकारले तोकेको तलब दिन सुरु गरेका छन् ।
Jinko Solar को न्युनतम तलब वृद्धिले मलेसियामा रहेका नेपालीहरुलाई राहत दिइएको छ भने मलेसियाको उक्त कम्पनीले हालका दिनमा नेपाली कामदारको माग समेत गरेको छ ।
नेपालको केही मेनपावर कम्पनीमा Jinko Solar को मागपत्र प्रमाणिकिकरण भएको बुझिएको छ ।