दुब्लाउने चक्करमा भुलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र निम्तिनेछ यस्तो नतिजा !

काठमाडौँ । कहिँकतै हामी देख्नसक्छौ कि यदि हामी असपासमा कोही मोटो मानिसलाई देख्छौ तब हामी उसलाई मोटो देखेर खिस्स्याउन थाल्छौ । स्कुल,कलेज,घर हरेक ठाउँमा मोटो मानिसलाई केवल गिज्याइन्छ ।

यस्तै अरुको गिज्याइबाट मजाकबाट बच्नको लागी तपाईले देख्नुभएकै होला धेरैजसो युवतीहरु डाइटिंग र जिम जान सुरु गर्दछन्। जिम जानु त ठिकै हो तर कुरा यदि डाइटिंगको गर्ने हो भने यसलाई गर्नुभन्दा अगाडि एकचोटि सोच्नुहोला । किनकी हामी एक युवतीको बारेमा तपाईलाई बताउँछौ जो सुनेर तपाई हैरान हुनुहुनेछ ।

यी युवती न्युयोर्कमा बस्नेवाली स्टेफनी रोड्स हुन् । स्टफेना जब १३ सालकी थिइन् तब नै उनले डाइटिंग गर्न सुरु गरेकी थिइन् । यसको पछाडिको कारण थियो उनी १३ सालको उमेरमा नै अत्याधिक मोटी थिइन् । मोटी हुनुका कारणले नै उनलाई अरुले धेरै खिस्याउने गर्थे । उनलाई अरुले खिस्याउँदा दुख लाग्थ्यो ।

त्यसैले उनले कसैले गिज्याउन नपाउन् भन्ने कुराले १३ वर्षको उमेरमा डाइटिंग सुरु गरीन् ।त्यसपछि उनले यस्तो तरिकाले डाइटिंग सुरु गरिन् कि खाना खान नै छोड्दिन् । सुरुवातमै कम उमेर हुनुको कारण र जानकारी नपाएको कारणले डाइटिंग त सुरु गरिन् तर त्यसको नतिजा उनलाई थाहा नै भएन उनले सोेचेकै थिइनन् पछाडि गएर यस्तो हुन्छ भनेर । जसले गर्दा अहिले उनको शरीर रोगको घर भएको छ ।

स्टेफनी जब १३ वर्ष की थिइन् त्यसै समयबाट उनले खाना खानै छाडिन् । जसले गर्दा १७ सालको उमेरमा हुँदा हुँदै पनि उनको हालत यस्तो भयो कि उसको घरपरिवारले उसलाई डाक्टरकोमा लैजानुपर्ने स्थिती आउन थाल्यो । स्टेफनी सँधै पातली हुन चाहान्थिन् तर समय यस्तो भयो कि उनी पातली पनि यति भइन् कि उनको तौल जम्मा २४ किलो हुन गयो ।

आफुलाई मोटो नहुन दिएको जिद्धिपनले उनी मृत्युको मुखमा पुगिन् । स्टेफनी एनोरेक्सिया नामको बिमारीले ग्रसित भइन् । यहाँ यस्तो हुन्छ कि मानिस मोटो हुने डरले खाना खान नै छोड्दिन्छन् । यसो गर्नु गलत हो ।

पातलो र फिट हुन यी सजिला घरेलु उपाय अपनाउनुहोस् जिम जानु पर्दैन

भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन्। यस्तोमा तौल बढ्ने समस्या हुन थाल्छ। यसबाट बच्नका लागि व्यस्त दैनिकीमा पनि केही टिप्स अपनाएर तौल घटाउन सकिन्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *