नेताको सवारीको कारण एम्बुलेन्स जाममा परेपछि ताते बालेन र सुनिता, आजै चाले बोल्ड कदम !

भाद्र ३१, २०७९ शुक्रबार 126

नेताको सवारीको कारण एम्बुलेन्स जाममा परेपछि ताते बालेन र सुनिता, आजै चाले बोल्ड कदम !

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंलाई समस्याको राजधानी समेत भनिदैछ पछिल्लो समय । चिनियाँ प्रतिनिधिमन्डलको भ्रमणका कारण काठमाडौंको ट्राफिक अस्तव्यव्त बनेको छ। त्रिभुवन विमानस्थलबाट सोल्टी होटलसम्मको यात्रा र त्यसपछि संसद भवनमा भएको भेटघाटका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले पाहुना टोली हिँड्ने बाटो खाली गरेर सवारी साधनलाई डाइभर्ट गरेको थियो। त्यही कारण सवारी साधन घण्टौँ जाममा परेका छन्। अहिले मात्र नभई यहाँका जनताले यो सास्ती बर्षौदेखि भोग्दै आएका छन् ।

काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएपनि यसले एउटा महानगरको क्षेत्रफलभित्र मात्र सकारात्मक कदम चालिरहेको छ । पछिल्लो २÷३ दिन यताको जामका कारण एम्बुलेन्समै बिरामीको ज्यान जाने अवस्था देखिएको छ । यो गम्भीर बिषय हो ।

यसैबीच, यो ट्राफिक जामप्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गरेको बुझिएको छ । महानगरले मंगलबार नै बोल्ड कदम चालेको हो । महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ।

प्रतिकृया दिनुहोस्