नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय नाम हो अन्जु पन्त ।चर्चित गायिका एवं सुमधुर स्वरको धनी अन्जु पन्तको सुन्दरताको समाचारहरू बारम्बार आउने गरेको छ । नेपाली सङ्गीत क्षेत्रमा हिट गीत दिन सफल उनै पन्तको छोरी भने मिडियामा खासै देखिन्नन् ।
साथी जस्तै आमाछोरी – परितोसिका अन्जुको एक मात्र छोरी हुन् । उमेर सानै भए पनि परितोसिका शारीरिक बनावटमा आमा बराबर छिन् । उचाईमा त आमा भन्दा अग्ली छिन् । एक अर्का कपडा समेत साटेर लगाउन थालेका भन्दै केही समय अगाडी समाचारहरू पनि प्रकाशित भएका थिए ।
फिल्म खेल्ने तयारी – गायिका अन्जु पन्तकी छोरी परितोशिका पन्त मोडलिङ हुँदै चलचित्र यात्रामा लाग्ने तयारीमा छिन् । अन्जु आफै पनि अब छोरीलाई मोडलिङमा ल्याउने बताउँछिन् । परितोशिका आफ्नी आमाको जस्तो स्वर आफ्नो नभएको र आफू त्यो तहमा नपुग्ने भन्दै गायन पेशामा नलाग्ने बताउँछिन् ।