नायिका जान्वी बोहोरा ‘सपना तिम्रो मेरो’ फिल्मबाट डेब्यु गरेकी नायिका हुन् । ठुलो पर्दाको फिल्ममा जान्वीले भर्खर मात्र हात हालेको भएता पनि उनी थ्रियटरको दशबर्ष लामो पुरानो कलाकार हुन् । उनले अहिले सम्म सय बढी सडक नाटक, दर्जन स्रियलहरुमा अभिनय गरीसकेकी छिन्।
उनले सन्दीप लामिछाने को केशलाई समेत निकै नजिकबाट नियालिरहेको बताएकी छिन् किन भने यस्तो प्रकारको केशले नेपाली समाजमा निकै नराम्रो असर भएको छ। त्यसैले उनले यस्तो प्रकारको केशको लागि सम्बन्धित निकायले ध्यान दिनु पर्ने बताएकी छिन्।
नायिका तथा मोडल जान्वी बोहोराले चर्चामै आउनका लागी मात्र काम नगर्ने बताएकी छिन् । उनी भन्छिन् चर्चामा आउनका लागी काम गर्दिन तर काम गरेर चाँही चर्चामा आउनेछु । अभिनय क्षेत्रमा दशक बढी समय खर्चिसकेकी जान्वीले फिल्मको अफर कत्तिको आउँछ भन्ने आर्टिस्ट खबरको प्रश्नमा यसो भन्छिन्, ‘फिल्मको अफर त आउँछन् तर अफर आयो भनेर सबै गर्ने कुरा हुँदैन । अरु जस्तो चर्चामा आउनका लागी जस्तोपायो त्यस्तो फिल्म त गर्दिन तर राम्रो फिल्ममा काम गरेर चर्चामा आउन चाहान्छु ।’ –
मंगलबार प्रहरीमा १७ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छिन्। उनको जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ। केन्या भ्रमणमा जानुअघि उनीहरु पुगेका भक्तपुर र काठमाडौंका होटलबाट सीसीटीभी फुटेज संकलन गरेको छ। फुटेजबाट उनीहरु ती ठाउँमा पुगेको पुष्टि भएको प्रहरीले बताएको छ।