निश्चित शुल्क तिरेर कतार प्रहरीमा नेपाली पठाउने तयारी, यसरी जानुहोस् हेर्नुहोस प्रक्रिया

निश्चित शुल्क तिरेर कतार प्रहरीमा नेपाली पठाउने तयारी

काठमाडौं : श्रम मन्त्री श्रेष्ठले कतार पुलिसका बारेमा व्यवसायीमा व्यापक मात्रामा भ्रम रहेको भन्दै मापदण्ड बनाई उचित रकम लिएर कामदार पठाउने व्यवस्था गर्ने बताए ।

यस अगाडि कतार प्रहरीको बिज्ञापन खुलेर पनि कतार सरकारले विभिन्न कारण र ढिलासुस्तीको कारण देखाउदै डिमान्ड रद्द गरेको थियो ।

यता मन्त्री श्रेष्ठले कतार प्रहरीको लागि आफुले पहल गरिरहेको र अब ब्यवस्थित तरिकाले कतार प्रहरी रोजगारको लागि काम सुरु हुने बताएका छन् ।

उनले आफूसमक्ष क्यूभीसी, बायोमेट्रिक, गाम्का लगायतका संस्थाका समस्या आइरहेको भन्दै सबैका विषयमा गहिरिएर अध्ययन गरिरहेको र सकेसम्म एक चरणमा सबै पक्षलाई छलफलमा राखेर निर्णय लिने बताए ।

नेपाल–कतार संयुक्त कार्यसमिति बैठकको तयारीबारे सरोकारवालाहरुसँग काठमाडौंमा शुक्रबार छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त आग्रह गरेका हुन् ।

छलफलमा मन्त्रालयका उच्च अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो ।

डिमाण्ड ल्याउने विषयमा वैदेशिक रोजगार व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी कानूनको कडाइका साथ कार्यान्वयन गरिने बताए ।

भिजिट भिसामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरुलाई कडा कारबाही गर्ने भन्दै मन्त्री श्रेष्ठले बेथिति रोक्न कडाइसाथ काम गर्ने चेतावनी दिए । कतार प्रहरीमा नेपालीलाई रोजगारीका लागि आएको अवसर गुम्न नदिने पनि मन्त्री श्रेष्ठले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *