फेरि एक्कासि बड्यो कोरोना , कहिले देखि हुँदै छ कडाइ हेर्नुहोस

कोरोना संक्रमणदर उकालो लाग्दो क्रममा रहेको छ ।

 

प्रत्येक घण्टा थप १७ जनामा कोरोना संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्ताको कोरोना तथ्यांक नियाल्दा प्रत्येक घण्टामा थप १७ जनामा कोरोना संक्रमण देखिएको हो।

 

 

 

 

गत मंगलबारदेखि सोमबारसम्म मात्रै थप २८ सय ८९ जनामा कोरोना देखिएको छ । यस्तै, प्रत्येक ९ जनामा कोरोना परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको छ ।

गत मंगलबार ३३ सय ५७ जनाको कोरोना परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, गत बुधबार ३९ सय ८१ जनामा कोरोना परीक्षण गर्दा ३९१, बिहीबार ३५ सय ६९ जनाको परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ३८ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ४५६, शनिबार २९ सय ९६ जनाको  परीक्षण गर्दा ३३५ जनामा संक्रमण देखिएको थियो ।केहि दिनयता सक्रिय संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ । गत मंगलबार १९८२ सक्रिय संक्रमित रहेकोमा आजसम्म  ३५ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमणदर बढ्दै गएको भन्दै मास्कको समूचित प्रयोग, भौतिक दुरी कायम र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन अपिल गरेको  छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *