काठमाडौँ — शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार कम हो । गत फागुनको अन्तिम साताबाट सुन क्रमिक रुपमा ओरालो लागेको छ । फागुन २५ गतेयता ६ महिनामै सुनको भाउ प्रतितोला १४ हजार रुपैयाँले घटेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर ११७० रुपैयाँमा कायम भएको छ ।
चाँदीको मूल्य पनि गत फागुन २५ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा ६ महिनाअघि प्रतिऔंस २०७० अमेरिकी डलरसम्म पुगेको सुन शुक्रबार १६६१ आसपास झरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****