अपहरणकारी पक्राउ, आखिर किन सुनाइयो यति कडा सजाय

युवतीको प्रयोग गरी व्यक्ति अपहरणपछि फिरौती माग्ने समूह दाङमा पक्राउ परेको छ।

जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसियलका नेताहरू हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले व्यक्ति अपहरण तथा फिरौती माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका २५ वर्षीय शुकलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका-९ का २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका-७ घर भई हाल दाङको तुलसीपुर–६ का २४ वर्षीय जनक कुँवर छन्।

कुँवर पेशाले बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बर गाडीका चालक हुन्। व्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख अर्यालले जानकारी दिए।

 

पूर्वयोजना अनुसार सोमबार दाङ तुलसीपुर–७ की २६ वर्षीया निर्मला बिकले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ का २७ वर्षीय केशवकुमार बिकलाई फोन गरी भेट्न भनेर बुटवल बोलाइन्।

निर्मलालाई भेट्न केशवकुमार बुटवल पुगे। बुटवलमा उनीहरू दुईको भेट भयो। केटीले आफूसँग गाडी रहेको हुँदा तुलसीपुर हुँदै जाजरकोट जान सजिलो हुन्छ भनेर फकाइन्।

लगत्तै राति ९ बजेतिर केशवकुमार बिकमाथि कुटपिट भयो। उनलाई बन्धक बनाएर गाडीमा हुलियो।

अपहरणपछि उक्त समुहले केशवलाई तुलसीपुर उपमहागरपालिका-५ को सल्यान

डिएसपी अर्यालका अनुसार अपहरित बिक साउदी अरबमा काम गर्दै आएका व्यक्ति हुन्। आरोपित मध्येका मनोज थारु र सुकलाल बिकपनि बिकसँगै साउदीमा काम गर्थे।

मनोज र सुकलालले गुण्डाछबि भएका युवाहरूलाई गुहारेर केशबलाई अपहरण गरी रकम असुल्ने रणनीति बनाएको तथ्य खुलेको डिएसपी अर्यालले जानकारी दिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *