कुरा आज भन्दा १५ वर्ष अगाडीको हो । मैले प्रेम विवाह गरेको थिए । म पढ्ने स्कुलमा म संगै पढ्ने केटा विवेक संग हामीले एक अर्कालाइ मनप। राएर विवाह गरेका थियौं । विवेकले एक सानो तिनो नोकरी पनि शुरु गरेको थियो यसले हाम्रो वैवाहिक सम्वन्ध पनि राम्रै चलिरहेको थियो ।
एक दिन मलाइ के सोच आयो भने विवेक एक जनाको मात्र नोकरीले जीवन गुजारा गर्न गाह्रो हुने मैले महसुस गरे र मैले पनि कुनै पनि नोकरी गर्ने निधो गरे । यसै क्रममा मैले एक स्थानिय गैह्र सरकारी संस्थामा काम पाए ।
काम त पाए मलाइ काम गर्नको लागि कुनै प्रकारको सीपको वारेमा जानकारी नै थिएन । तर मेरो हाकिम राम्रै लाग्यो उहाँले ६ महिना सम्म काम सिक्ने ६ महिनामा काम सिके पछि स्थायी नियुक्ति दिने घोषणा गर्नु भयो । मैले हुन्छ भने र काम सिक्ने क्रममा प्रति महिना रु २००० तलव पनि पाउने रहेछ मैले ।
यो तलव त त्यो वेलामा नेपाल सरकारको खरिदारको भन्दा पनि वढि हुदो रहेछ । किनकी विवेक नेपाल सरकारको खरिदार पदमा जागिर पाएको थियो त्यो वेलामा । म नियमित आफ्नो कार्यालयमा जान थाले कार्यालयमा गर्नुपर्ने विभिन्न कार्यको वारेमा विस्तारै सिक्दै गए र काम पनि रमाइलो खालको थियो ।