पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।
यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछाड र मछाड देख्न पाईन्छ । टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा लुङ्गी डान्स गरेर भाईरल मोटी मोनिका मिडियामा आएकीछिन ।
उनले टिकटकमा आफ्नो यात्रादेखि लिएर अन्य थुप्रै दुखसुखका कुराहरु पनि सुनाएकीछिन । मामाघर जाँदा आमा र बाबुको झगडा पर्दा रातको समयमा भोकै ओढारमा बस्नुपरेको कुरा पनि उनले सुनाईन । सानैदेखी गुरुङ ड्रेस र लुङ्गी मन पर्ने उनि मात्र १७ बर्ष पुगिन तर उनि झट्ट हेर्दा भने धेरै उमेर खाएकी देखिन्छिन ।