यो,निमा वी,र्य झार्दा मोटाइन्छ ?

म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौ,नसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य यो,निमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ?

 

 

गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।

वीर्य बाहिर निस्कने कुरा – तपाईंलाई थाहै होला, वीर्य र शुक्रकीट फरक कुरा हुन् । वीर्यमै अण्डकोषमा बनेका शुक्रकीट पनि हुन्छन् । महिलाको डिम्बसँग शुक्रकीटको मिलन सन्तान उत्पत्तिका लागि आवश्यक हुन्छ ।

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ । यो स्वभाविक कुरा हो । यसले तपाईंहरूलाई कुनै असजिलो हुन्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ ।

अर्को कुरा, तपाईंले अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *