राति सुत्दा भान्सा कोठामा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र हुन्छ धन हानी

काठमाडौँ । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ।

 

 

१) खाना खाएपछि भान्सा कोठामा जुठो भाडा कहिले नराख्नुहोस्। यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भएपनि राख्नुहोस् तर जुठो नराख्नुहोस्। जुठो राख्नाले धन हानी हुन्छ।

२) घरको मुख्य ढोका अगाडी फोहोर कहिले नराख्नुहोस, यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन्।

३) घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस। यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ।

४) सुर्यास्तको समयमा कसैलाई पनि दुध,दही या प्याज नदिनुहोस्। यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ।

५) सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस्। यसले घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाख्दछ।

६) राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस्। भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *