बालेनलाई सघाउन अर्को टोलि आयो फिल्डमा, जसरिपनि टुकुचा खोला निकालेरै छोड्ने घोषणा ! (हेर्नुहोस भिडियो)

काठमाडौं । पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइएको देखिन्छ। सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदामा पर्छ,’ विभागका महानिर्देशक दामोदर गौतमले आइतबार भने, ‘डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्छ भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ। थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न दुई जनाको टोली पठाउँदै छौं।’

इञ्जिनियर र पुरातत्वविदसहितको उक्त टोलीले सम्भवतः आइतबार नै महानगरसँग कुरा गर्नेछ। यो विषयमा पुरातत्व विभाग दुई किसिमबाट अगाडि बढ्ने गौतमले बताएका छन्।

‘सबभन्दा पहिला त काठमाडौं महानगरले हात्तीसार क्षेत्रमा गरिरहेको उत्खननबाट भूमिगत सुरूङमा असर नपरोस् भनेर हामी कुरा गर्छौं। महानगरले आफ्नो अभियान चलाउँदा पुरातात्विक सम्पदा मासिनुभएन। त्यसैले उनीहरूको अभियानलाई असर नगर्ने र हाम्रो सम्पदा पनि संरक्षण हुने गरी अघि बढ्ने छौं,’ महानिर्देशक गौतमले भने।

सँगसँगै, टुकुचाको भूमिगत सुरूङ निर्माणसम्बन्धी ऐतिहासिक दस्तावेजहरू खोजी गरी विस्तृत अध्ययन गर्ने उनले बताए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *