पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार हुन्छ (पुरा पढ्नुहोस)

अषोज ५, २०७९ बुधबार 920

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार हुन्छ (पुरा पढ्नुहोस)

महिला र पुरुष एकै रथका दुई पाग्रा हुन । एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । पुरुष र महिलामा को उत्कृष्ट । समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।

 

 

 

 

 

पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद पनि सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

महिलाहरुमा भएका यस्ता गुण क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ । म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ ।

म भित्रको विचार व्यवहार धैर्य सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार बालबच्चा कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ।

प्रतिकृया दिनुहोस्