आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, हेर्नुहोस दर्दनाक अवस्था

साउन २२, २०७९ आइतबार 94

आक्रमणमा परि  ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, हेर्नुहोस दर्दनाक अवस्था

इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा गरेको हवाई आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । घटनामा दुई सयभन्दा धेरै घाइते भएका छन् ।

 

 

 

 

ज्यान गुमाउनेमा ६ जना बालबालिका छन् । शुक्रवार इजरायलले प्यालेस्टाइनी इस्लामिक सङ्गठन (पीआईजे) विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । हिजो दोस्रो दिन पनि आक्रमणका घटना भएका छन् । हवाई आक्रमणमा पीआईजेका नेता तैसिर जबारीको ज्यान गएको इजरायलले दाबी गरेको छ ।

 

 

 

आक्रमणका कारण गाजापट्टीमा उपचार सेवा पनि प्रभावित भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालमा बहिरङ्ग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको जानकारी दिएका बीबीसीले जनाएको छ ।

 

 

 

 

यो इजरायल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर घटना हो । सन् २०२१ को मे महिनामा भएको ११ दिने युद्धमा दुई सय प्यालेस्टिनी र केही  इजरायली नागरिकको ज्यान गएको थियो । पछि सम्झौता गरेर युद्ध रोकिएको थियो।

 

 

 

 

 

 

इजरायली सेनाले यो पछिल्लो कारबाही एक हप्तासम्म चल्न सक्ने चेतावनी दिएको छ । इजरायलका प्रधानमन्त्रीले पीआईजेबाट जोखिम देखिएपछि कारबाही थालिएको बताउनुभएको छ।

प्रतिकृया दिनुहोस्