नेपालमा यस्तो गाउँ छ युवती बिहे गर्न नपाई बित्ने गर्छ जिन्दगी, हाम्रो गाउनी आउनुहोस भन्दै इ गाउका युवतिहरु
यो सुन्दा अचम्म लाग्न सक्छ । यो खबर गोरखाका ‘विकट गाउँहरुको हो । बिही ६ न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्र’स्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन ।
गाउँमा केटा छैनन् म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन कतिको बिहे नभएरै कपाल फु’लिसक्यो गुरुङले भनिन् ।
उत्तरी गोरखाको बिही ६ न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।
मैले एक कक्षा पनि पढिनँ घरमा घाँसदाउरा गरेर बसेँ केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् ।उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन ।
छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन् म त बूढी भएँ भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।